१२ वटा छोटी भन्सार कार्यालय मध्ये ५ वटा बन्द अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

१२ वटा छोटी भन्सार कार्यालय मध्ये ५ वटा बन्द अवस्थामा

बिबेक विश्वकर्मा, रुपन्देही

भैरहवा, ३१ वैशाख । भैरहवा भन्सार कार्यालय अन्तर्गतका १२ वटा छोटी भन्सार कार्यालय मध्ये ५ वटा कार्यालय बन्द अवस्थामा छन् । द्वन्दको समयमा बन्द भएका कार्यालय संचालन नहुँदा लाखौं राजश्व गुमिरहेको छ । छोटी भन्सार कार्यालय नहुँदा अवैध रुपामा भारतबाट सामान आयत समेत बढेको छ ।

भैरहवा भन्सार कार्यालय अन्तर्गत पर्ने १२ वटा छोटी भन्सार मध्ये नवलपरासीमा ५ वटा र रुपन्देहीमा २ वटा सञ्चालनमा छन् । द्वन्दको समयमा बन्द भएका अन्य भन्सार कार्यालय स्थापना हुन सकेको छैन ।

कार्यालय स्थापना नहुँदा भारतबाट अवैध रुपमा सामान आयात बढेको छ । जसका कारण राजश्व संकलन प्रभावित भएको छ । भैरहवा भन्सार कार्यालयले कर्मचारीको अभावको कारण छोटी भन्सारहरु सञ्चालन गर्न कठिन भएको जनाएको छ ।

तर भैरहवा भन्सार कार्यालयमा भने दरबन्दी भन्दा बढी कर्मचारी छन् । भैरहवा भन्सार कार्यालय अन्तर्गत ८६ जनाको दरबन्दी रहेपनि १ सय २२ जना कर्मचारीहरु कार्यरत छन् ।

बन्द रहेका छोटी भन्सार कार्यालय खोल्न सम्बन्धित निकायमा पत्रचार गरेपनि वास्ता नगरेको जनप्रतिनिधिहरुको गुनासो छ ।

२०६० सालमा बिस्थापित भएको अमवा भन्सारबाट मात्र तत्कालिन समयमा दैनिक तीन लाख भन्दा धेरै राजश्व संकलन हुने गरेको थियो । अहिले कार्यालय नहुँदा राजश्व गुमिरहेको र भारतबाट अवैध रुपमा सामान आयात बढेको स्थानीयको भनाई छ ।

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक बर्षको चैत्र सम्ममा ७ अर्ब ३२ करोड ९४ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेपनि ६ अर्ब २२ करोड ३७ लाख मात्र संकलन गरेको छ । छोटी भन्सार कार्यालयहरु संचालन नहुँदा राजश्व संकलन लक्ष्य अनुसार हुन नसकेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);