छोटी भन्सार सञ्चालनमा नआउँदा राजस्व चुहावट बढ्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८०, शुक्रबार

छोटी भन्सार सञ्चालनमा नआउँदा राजस्व चुहावट बढ्यो

काठमाडौं । द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार सञ्चालनमा नआउँदा राजस्व चुहावट भइरहेको छ ।

उक्त छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको हो । यसबाट राजस्व सङ्कलनसमेत प्रभावित बनेको छ । रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी भन्सार मात्र सञ्चालनमा रहेको छ । छवटा छोटी भन्सार अझै सञ्चालनमा आउन सकेका छैनन् ।

भन्सार कार्यालय नहुँदा बेलहिया पुग्नुपर्ने बाध्यता छ । जिल्लामा बुची बरवा, अमवा, पक्लिहवा, बेथरी, मन्झरिया, थुम्हवा पिपरहवा र लुम्बिनी छोटी भन्सार कार्यालय स्थापना गरिएका थिए । तर कर्मचारी अभावका कारण छोटी भन्सार सञ्चालन गर्न नसकिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७८–७९ मा एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकामा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको पुससम्म ७३ अर्ब ५४ करोड १९ लाख राजस्वको लक्ष्य राखेकामा ३५ अर्ब ४४ करोड २२ लाख मात्र राजस्व संकलन भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);