भन्सार छलीका १० थान मोबाइल सेट बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भन्सार छलीका १० थान मोबाइल सेट बरामद

mobile set baramad

रुपन्देही, १८ पुस । सशस्त्र प्रहरी बल गस्ती रुपन्देहीले अवैध दश थान मोबाइल सेट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा. राजश्व भन्सार सुरक्षा गस्तीका प्रहरी नायव उपरीक्षक मान बहादुर शाहीको कमाण्डको खटिएको गाडी मोबाइल टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ डण्डा इलाकामा शुक्रबार चेकजाँच गर्ने क्रममा उक्त मोबाइल बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ भन्सार छली पैठारी गरी अवैध रुपमा ल्याउँदै गर्दा चेकजाँच टोलीलाई देख्नासाथ मोबाइल बोकेको व्यक्ति सामान छाडेर भागेपछि सोही स्थानमा उनले छाडेर गएका वेवारिसे अवस्थामा रहेको एम आई। रेड्मी मोबाइल दश थान बरामद गरिएको प्रहरी नायव उपरीक्षक शाहीले बताए ।

बरामद गरिएको सामान भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको र उक्त सामानको भन्सार दाखिला मुल्य १ लाख ५ हजार रुपैयाँ कायम भएको उनले जानकारी दिए ।

यस अघि बिहीबार मात्रै सशस्त्र प्रहरीले बुलेट मोटरसाइकलमा प्रयोग हुने २ सय लिटर अवैध मोबील बरामद गरेर भैरहवा भन्सार कार्यालय पठाएको थियो ।

पछिल्लो समयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म हे.क्वा. राजश्व भन्सार सुरक्षा गस्ती रुपन्देहीले अवैध रुपमा भारतबाट नेपालतर्फ आउने विभिन्न सामानहरु बरामद गर्ने कार्यमा सक्रियता बढाउँदै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);