दुई महिनामा डेढ करोड भन्दा बढीका अवैध सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

दुई महिनामा डेढ करोड भन्दा बढीका अवैध सामान बरामद

saman baramad1

भैरहवा, १२ माघ । सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर गुल्म हे.क्वा. राजस्व तथा भन्सार गस्ती सुरक्षा रुपन्देहीले दुई महिनामा मात्रै १ करोड ७८ लाख ७९ हजार बराबरको भन्सार छलीका समानहरु बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाएको छ ।

भन्सार राजस्व गस्ती गुल्मको एरीया पर्ने रुपन्देहीको विभिन्न सिमा नाकाहरुबाट अवैध रुपमा भन्सार छलेर भित्रयाइएको १ करोड ७८ लाख ७९ हजार बराबरको विभिन्न समानहरु बरामद गरिएको गुल्मपति एवं सशस्त्र प्रहरी नायव उपरीक्षक मान बहादुर शाहीले बताउनु भयो ।

खुला सिमानाका कारण हुन सक्ने अपराधिक गतिविधिहरुमा नियन्त्रण तथा भन्सार चोरी तस्करीलाई कडाइका साथ नियन्त्रणका लागी भन्सार गुल्मबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेका समानहरुमा सबै भन्दा धेरै रकम खसीबोका र सवारीसाधनको मूल्य रहेको पाइएको छ ।

 

अवैध रुपमा भन्सार छलेर लैजादै गरेको अवस्थामा १ करोड ३७ लाख ३ हजार मूल्य बराबरको ३ वटा ट्रकसहित ६ सय ७८ वटा खसीबोका, लत्ताकपडा, किरानाका समान, स्टेशनरीका सामान, कारसहित मोटर्सपार्टका सामान, मोबाइल, मोबिल, बिजुली ट्रान्सर्फमर, जेनेटर ,इलेक्ट्रोनिक समान, नेपालमा प्रतिबन्धित कुखुरा, माछा, हरियो तरकारी लगायत समानहरु गरी कुल १ करोड ७८ लाख ७९ हजार रुपैया बराबरको समानहरु नियन्त्रणमा लिएर भन्सार बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शाहीले बताउनु भयो ।

राजस्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले सिमा नाकाको रक्षा तथा अवैध चोरी पैठारी नियन्त्रणका साथै सिमावर्ती भारतीय शहर सुनौलीबाट विभिन्न माध्यमबाट नेपाल प्रवेश गर्ने विभिन्न व्यक्ति तथा सवारीसाधनहरुलाई कडाइका साथ चेकजाँच गरेको जनाएको छ ।

त्यस्तै चेकजाँचको नाममा यात्रुलाई अनावश्यक दुःख दिने, चेकजाँचमा लापरवाही गर्ने सशस्त्र प्रहरीलाई स्पटमै गएर कारवाही गरिने सशस्त्र प्रहरी नायब उपरीक्षक शाहीले बताउनु भयो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);