अबैध रुपमा ल्याउँदै गरेको लत्ताकपडा बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अबैध रुपमा ल्याउँदै गरेको लत्ताकपडा बरामद

latta kapada baramad

भैरहवा, ५ साउन । भैरहवामा सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ चोरी पैठारी गरी अवैध रुपमा ल्याउँदै गरेको लताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी नेपाल नम्बर ३८ गुल्म हे. क्वा. (राजस्व तथा भन्सार गस्ती सुरक्षा) रुपन्देहीका प्रहरी नायब उपरीक्षक गोविन्द बहादुर खातीको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित नदवाबाट परासी लैजादै गर्दा उक्त लत्ताकपडा बरामद गरेको हो ।

सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा सामानहरु फेला पारी बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द बहादुर खातीले जानकारी दिनुभयो ।

बरामद गरिएका लत्ता कपडाहरुमा सुटको कपडा ५७ थान, लेडिज सुट एक सया ३९ पिस, लेडिज टप्स ३४ पिस र चुन्नी ३० पिस रहेको बरामद गरिएको सामानको भन्सार दाखिला मुल्य तीन लाख ११ हजार तीन सय रहेको छ ।

बरामद गरिएको सामानहरु आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा पठाइएको सशस्त्र प्रहरी नेपाल नम्बर ३८ गुल्म हे. क्वा. (राजस्व तथा भन्सार गस्ती सुरक्षाले जनाएको छ ।

पछिल्लो समय भन्सार छलेर अवैध रुपमा भित्रिएको सामानहरु सशस्त्र प्रहरी नेपाल नम्बर ३८ गुल्म हे. क्वा.ले बरामद गर्ने कार्यमा सक्रियता देखाउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);