दुईसय लिटर अबैध मोबिल बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दुईसय लिटर अबैध मोबिल बरामद

विवेक विश्वकर्मा

रुपन्देही, १७ पुस । राजश्व तथा भन्सार सुरक्षा गस्ती टोलीले रुपन्देहीकाे सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डाबाट बुलेट मोटरसाइकलमा प्रयोग हुने दुईसय लिटर अबैध मोबिल बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक दयाराम पौडेलको कमाण्डमा खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरेर नेपाल ल्याइएको उक्त अबैध मोबिल बरामद गरेको हो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त परिणामको मोबिल बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मान बहादुर शाहीले बताउनुभयो । बरामद गरिएको मोबिलको भन्सार मुल्य १ लाख ४ हजार रहेको शाहीले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);