मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

motercycle durghatana

दाङ, १८ पुस । दाङ, दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ११ घर भई हाल तुलसीपुर ६ बरुवा गाउँमा बस्दै आएकी  २४ बर्षीया पवित्रा डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ । विहीवार बेलुका सवा ८ बजेतिर घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ८४२ नम्बरको मोटरसाईलक तुलसीपुरको बेलझुन्डिमा दुर्घटना हुँदा डाँगी गम्भीर घाइतेभएकी थिइन् ।

उनको उपचारको क्रममा राप्ती लाईभ केयर हस्पिटल तुलसीपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक चक्र बहादुर डम्मरपालले बताए । मोटरसाईकल चालक तुलसीपुर ९ बेलुवा निवासी ४८ बर्षीय कुलबहादुर डाँगी सामान्ने घाइते भएका छन् । घाइते डाँगीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);