दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, २० असोज । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

तुलसीपुर-८ अश्वाराबाट तुलसीपुर तर्फ आउदै गरेको रा ५ प ४७५९ नम्बरको मोटरसाइकल सोमबार राति १२ बजे गहतेखोलामा दुर्घटना हुँदा तुलसीपुर-६ गुम्राहचोक निवासी २९ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार दंगीशरण गाउँपालिका-६ श्रीगाउँ का २६ वर्षीय गोविन्द केसी घाइते भएका छन् । मोटरसाइकल गहतेखोला पुलबाट तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);