कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

कास्की । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय अक्षयराज कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका ३५ वर्षीय दिलिप कुँवरको सोही अस्पतालमा उपचार भइरहेको छ । नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग १० प ७६६६ नम्बरको मोटरसाइकल गएराती साढे ९ बजे अनियन्त्रित भइ पल्टिएको थियो । मोटरसाइकलमा सवार २ जना मध्ये चालक को हुन् भन्ने खुल्न नसकेको अस्थाई प्रहरी पोष्ट हेम्जाा कास्कीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);