मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १० राइखल्यानका करिब ३५ वर्षीय चुडामणि भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।  

घोराही– तुलसीपुर सडक खण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीमा बाटो निर्माणको लागी खनेको खाडलमा परेर भण्डारीको मंगलबार बिहान  मृत्यु भएको हो । चारलेन सडक निर्माणको क्रममा ह्युमपाइप राख्नको लागि खनिएको खाल्डोमा भण्डारी सवार रा ६ प ७२५ नम्बरको मोटरसाइकल उक्त खाल्डोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

प्रवक्ता रिजालका अनुसार भण्डारी कति बजे दुर्घटनामा परेका हुन थाहा भएन । बिहान स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी कहाँबाट कता जाँदै थिए, भन्ने पनि थाहा छैन् । उनी दुर्घटना भएको ठाउँमा अचेत अवस्थामा फेला परेका थिए ।    

मृतकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार