धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार डोटीको जोराइल गाउँपालिका–१ का २७ वर्षीय चित्र मडै रहेका छन् । धनगढीमै रहेको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मडैको मृत्यु भएको प्रहरीले जनाएको छ। धनगढीबाट अत्तरीयातर्फ जाँदै गरेको से २ प ५२ ८२ नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर पल्टिएको थियो।

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);