सप्तरीमा कारको ठक्करबाट छोरीको मृत्यु, बावु गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

सप्तरीमा कारको ठक्करबाट छोरीको मृत्यु, बावु गम्भिर घाइते

काठमाडौं, २७ चैत्र । सप्तरीमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार छोरीको मृत्यु भएको हो भने चालक बुवा घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जना गम्भिर घाइते भएका थिए । छोरीको उपचारको क्रममा मृत्युभएको हो । उदयपुरको त्रियुुगा नगरपालिकाका–९ बगाहा टोलकी १० वर्षीया एन्जिला बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मृतकका बुवा ३६वर्षीया धु्रव बस्नेतको उपचार भइरहेको छ । उनीहरु सवार मोटरसाइकललाई पुर्वतर्फ जाँदै गरेको बा३च ५२९३ नम्बरको कारले ठक्कर दिएको थियो । कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);