स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र सजग हुन मन्त्रालयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न र सजग हुन मन्त्रालयको आग्रह

काठमाडौं, २७ चैत्र । सरकारले कोभिड १९ को संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवार पछिल्लो समय कोरोना भाइरसको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिरकुमार अधिकारीले पछिल्लो समयमा कोरोना संक्रमण तिब्र रुपमा बढीरहेकाले कोरोनाबाट जोगिन अनिवार्य स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । कुराकानीको क्रममा सहायक प्रवक्ता अधिकारीले कोरोना संक्रमण अहिले दनिक ४० जना भन्दा बढीमा देखिरहेको भन्दै सबै सजग हुन आग्रह गर्नुभयो । उहाँले भीडभाडमा नजान र नगर्न, मास्क अनिवार्य प्रयोग गर्न र हातको सरसफाईमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएपनि चिकित्सकको आवश्यक सल्लाह लिएर मात्रै औषधि सेवन गर्न आग्रह गर्नुभयो । उहाँले कोरोनाबाट बच्नको लागि कोभिड १९ बिरुद्धको खोप समयमै लगाउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संक्रमणको बढोत्तरी हुँदैछ, अहिले बढेर सरदरमा ४० भन्दा माथि देखिन्छ । यसरी हेर्दा देशभर सक्रिय संक्रमितहरु ३५० को हाराहारीमा हुनुहुन्छ । केही समयअघि थिएन भन्दा पनि हुन्छ । कोभिडसँग मिल्दोजुल्दो संख्या पनि अलिकति बढी हो की समुदायमा भन्ने देखिन्छ । समग्रमा पछिल्लो समय कोभिड पुष्टि हुनेको संख्या बढेर गएको छ । हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले संक्रमण भएपनि त्यत्ति धेरै फैलिएको अवस्था छैन । कोभिड १९ बिरुद्धको खोप लगाइसकेको भएकाले पनि रोग प्रतिरोधात्मक क्षमता बढीरहेको छ । त्यसले संक्रमण त्यत्ति धेरै समुदायसम्म पुगिसकेको छैन ।’

सहायक प्रवक्ता अधिकारीले पछिल्लो समय बढीरहेको कोरोना संक्रमणलाई मध्यनजर गरेर अस्पतालहरुलाई आवश्यक निर्देशन दिइसकेको पनि बताउनु भयो । उहाँले सरकारले संक्रमणको चाप अनुसार स्वास्थ्य सेवा बिस्तार गर्नेगरी निर्देशन दिइसकेको बताउनु भयो । उहाँले कोभिड १९ बिरुद्धको खोप नलगाएकाहरुले स्थानीय तहसँगको समन्वयमा खोप लगाउनसक्ने पनि बताउनु भयो । उहाँले छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको बढोत्तरी भइरहेकाले नेपालमा पनि आवश्यक शतर्कता अपनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले अहिलेको कोभिड १९ को अवस्थालाई मध्यनजर गरी जनस्वास्थ्यका मापदण्ड विशेष रुपमा भीडभाडमा नजाने, हातको सरसफाईमा ध्यान दिने र मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । अस्पताल भर्ना हुने जटिलता रोक्न कोभिड १९ बिरुद्धको खोप लगाउनु नै पर्छ । संक्रमणको चाप अनुसार स्वास्थ्य सेवा बिस्तार गर्नेगरी हामीले निर्देशन गरेका छौँ । जनस्वास्थ्यको मापदण्ड अपनाउनु नै अहिलेको मुख्य कुरा हो । कोरोनाबाट जोगिन कोरोबिरुद्धको खोप अभियान शुरु गरेका छौँ । पहिलो मात्रा धेरैलाई लगाइसकेका छौँ । स्थानीय तहसँग समन्वय गर्दा दोस्रो मात्रा लगाउन सकिन्छ । बुस्टर डोजका लागि पनि अहिले अभियान चलिरहेको छ । संक्रमणको बढोत्तरी हामीसँग छिमेकी मुलुकमा बढी देखिरहेको छ, त्यसमै रहेर हाम्रो पनि फैलिरहेको छ । अहिले संक्रमण बढ्ने क्रममा नै छ, यसलाई मध्यनजर गरेर हामीले तयारी गरेका छौँ । स्वास्थ्यका मापदण्ड नअपनाए यसले अलि बढी क्षति पु¥याउनसक्ने देखिन्छ, त्यसैले सबै सजग हुन जरुरी छ ।’

सहायक प्रवक्ता अधिकारीले कोरोनाको संक्रमण दर बढीरहेकाले आम नागरिकहरुले समयमै शतर्कता अपनाउन आग्रह गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);