नेपाल स्काउट नगर कमिटी जुम्लाद्वारा स्वास्थ्य सामग्री वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

नेपाल स्काउट नगर कमिटी जुम्लाद्वारा स्वास्थ्य सामग्री वितरण

जुम्ला । नेपाल स्काउट नगर कमिटीले जुम्ला बजारमा कोभिड – १९ विरुद्ध जनचेतना जगाउँदै स्वास्थ सामग्रीहरु वितरण गरेको छ ।

नेपाल स्काउट चन्दननाथ नगर कमिटीले सडकमा गएर सामान्य नागरिकहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

कमिटीले स्वास्थ्य सामाग्री वितरणका साथै कोभिड संक्रमणबाट बच्न सचेतना फैलाउने काम समेत गरेको स्काउट प्रदेश सदस्य धर्मेन्द्र केसीले जानकारी दिए ।

यस्तै, स्काउट नेपाल नगर कमिटीले कोरोना विरुद्ध लड्न स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न र गराउन पनि आग्रह गरेको छ । जनस्वास्थ्यका मापदण्डहरु एस.एम.एस पालन गर्दा मात्रै पनि आफू सुरक्षित रहन सकिन्छ भन्दै स्वास्थ्य सामग्री वितरणका क्रममा नागरिकलाई सचेत गरेको हो ।

बसपार्क, विजयनगर, कृष्ण मन्दिर लगायत क्षेत्रहरूमा पाँच सय मास्क, २५ स्यानिटाइजर, एक सय वटा फेस सिल्ड र पर्चा पम्प्लेट वितरण गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);