घोराही उपमहानगरद्धारा ६७ किसानलाई कृषि यन्त्र प्रदान | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

घोराही उपमहानगरद्धारा ६७ किसानलाई कृषि यन्त्र प्रदान

दाङ । घोराही उपमहानगरपालिकाले ६७ किसानलाई विभिन्न कृषि यन्त्रहरु हस्तान्तरण गरेको छ ।

५० प्रतिशत अनुदानमा उपमहानगरपालिकाले ती ६७ किसानहरुलाई विभिन्न कृषि यन्त्रहरु हस्तान्तरण गरेको हो । नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र कृषि विकास शाखा प्रमुख चोपनारायण खनालले किसानहरुलाई बिहीबार ती उपकरणहरु हस्तान्तरण गरेका हुन् ।

जस्मा १८ किसानलाई पावर टेलर, ३० लाई मिनी पावर टेलर, १२ लाई पम्पसेट, ४ लाई पानी तान्ने मोटर, २ लाई रोटाभेटर र एक लाई धान काट्ने रिपर मेसिन हस्तान्तरण गरिएको हो ।

उक्त उपकरण खरिदमा उपमहानगरको ४९ लाख र लुम्बिनी प्रदेश सरकारको १० लाख रुपैयाँ खर्च भएको शाखा प्रमुख खनालले बताए । उपकरणहरु व्यवसायिक रुपमा सञ्चालन भएका फर्म तथा व्यक्तिगत रुपमा कृषि व्यवसाय गर्दै आएका किसानहरु रहेका छन् ।

उपकरण हस्तान्तरण गर्दै नगर प्रमुख चौधरीले यन्त्र उपकरणको सदुपयोग गर्दै पेशामा व्यवसायीकरण हुने बताए । कृषि पेशालाई व्यवसायीककरण गर्दै परम्परागत शैलीको खेतीलाई आधुनिक बनाउने स्थानीय सरकारको उद्देश्य रहेको समेत उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);