इटहरीका कृषि समूहलाई पावर टिलर वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

इटहरीका कृषि समूहलाई पावर टिलर वितरण

सुनसरी, ३१ चैत । सुनसरीको इटहरी उप महानगरपालिकाले कृषक तथा कृषि समूहलाई पावर टिलर वितरण गरेको छ । उप महानगरको ७५ प्रतिशत अनुदानमा तीन वटा कृषि सहकारी संस्थालाई रिपर हेड सहितको पावर टिलर वितरण गरिएको हो ।

सिद्धार्थ कृषि सहकारी इटहरी १२, सनेस कृषि सहकारी इटहरी १८ र अग्रणी कृषि सहकारी इटहरी १४ लाई रिपरहेड सहितको पावर टिलर वितरण गरिएको हो । उत्कृष्ठ कृषि फम संचालन गरेका कृषकहरु इटहरी(१८ का लाल वहादुर श्रेष्ठ, इटहरी १७ की अनुराधा कुमारी राउत, इटहरी १४ का विक्रम कुमार चौधरी, इटहरी १ का खेमराज पोखरेल, इटहरी १५ का पुरनलाल चौधरी र इटहरी ३ का गंगा ध्वज राईलाई पावर टिलर वितरण गरियो ।

तीन वटा कृषि सहकारी संस्था र छ वटा उत्कृष्ठ कृषि फम संचालन गरेका कृषकहरुलाई उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपप्रमुख लक्ष्मी गौतमले पावरटिलर हस्तान्तरण गरे । सो पावर टिलरले जोत्नका साथै धान गहुँ काटन समेत मिल्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);