बारीमै आलु कुहिन थालेपछि किसानहरु चिन्तित | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

बारीमै आलु कुहिन थालेपछि किसानहरु चिन्तित

डडेल्धुरा, ३१ चैत । डडेल्धुराको अमरगढी नगरपालिका ३ डोटी घटाल क्षेत्रका किसानले लगाएको आलु बारीमै कुहिन थालेको छ ।

लामो समयसम्म बर्षा नहुँदा आलु कुहिन थालेपछि किसान चिन्तित भएका छन । जमिन पनि सुख्खा भएको तरकारी खेतीमा सिचाई समेत हुन सकेको छैन ।

अन्य व्यवसाय छोडेर व्यवसायीक रुपमै तरकारी खेति गर्दै आएका अमरगढी नगरपालिका ३ का किसानहरु तरकारी बारीमै कुहिन थालेपछि चिन्तित बनेका छन् ।

परम्परागत खेती छोडेर तरकारी खेतिबाट सिजनमा आलु मात्र बिक्रि गरेर किसानले ३ लाख बढि आम्दानी गर्दै आएका थिए । खडेरीका कारण बारीमै आलु कुहिएपछि उनिहरुको जिविकोपार्जनमा समस्या आइ परेको छ ।

यता अमरगढी नगरपालिका वडा ३ ले भने तरकारी बारीमै कुहिन थालेपछि तरकारीको बिमा गर्न सुरुगरेको र किसानलाई सक्दो सहयोग गर्ने बताएको छ ।

यहाँ उत्पादन हुने तरकारी जिल्ला सदरमुकाम सहित तराईका जिल्लाहरुमा समेत निर्यात हुने गरेको छ । तर सिचाई गर्न नपाउँदा डडेल्धुराका तरकारी खेती गर्ने किसान मर्कामा परेका छन ।

दिनहुँ जसो सिचाई गर्नु पर्ने भएपनि खोलामा पानीको सतह कम भएपछि तरकारी बारीमै सुक्न थालेको छ । खोलाहरुमा विगत वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढी पानीको सतह कम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);