मल्लकालीन ढुंगेधाराहरु यतिबेला लोप हुने अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

मल्लकालीन ढुंगेधाराहरु यतिबेला लोप हुने अवस्थामा

पाल्पा, ३१ चैत । खानेपानीको भरपर्दो स्रोत मानिएका तानसेन नगरका मल्लकालीन ढुंगेधाराहरु यतिबेला लोप हुने अवस्थामा पुगेको छ ।

उतिबेला बाटो हिड्ने बटुवाको प्यास मेटाउने यि ढुंगेधाराहरु तानसेन नगरवासीका लागि पानीको मुख्य श्रोतका रुपमा थिए ।

तर, यतिबेला ढुंगेधाराको मुहान नै अतिक्रमण गरी आवासिय क्षेत्रको निर्माण भइरहेका छन् भने, पानीको स्रोत भएको ठाउँमा ढलान गरी सडक निर्माण गरिन थालेका छन् ।जथाभावी डोजरको प्रयोग हुन थालेपछि त झनै पानीको स्रोत नै बन्द हुन थालेका छन् ।

पछिल्लो समयमा बढ्दो जनसंख्या र जनघनत्वका कारण प्राचिन सम्पदानै अतिक्रमण गरी भवन निर्माण कार्य तिव्र भएकाले पुरातात्विक सम्पदाको अस्तित्व थप जोखिममा परेको हो ।

यता, तानसेन नगरका सुचना अधिकारी दुर्गा थापा भने यस्ता सम्पदाहरुको संरक्षण र सवद्र्धनका लागि स्थानिय सरकारले आगामि आर्थिक वर्षबाट योजना नै बनाएर कार्यन्वयन गर्ने बताउ छन् ।

विकासको नाममा बिनास हुने गरी गरीएको विकासले नगरकोे मौलिकता गुमाउदै गएको स्थानीयको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);