तानसेनको कोल्डस्टोरले नगरपालिकालाई गिज्याईरहेछ, निर्माण सुरु भएको ९ वर्ष बितिसक्दा पनि अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

तानसेनको कोल्डस्टोरले नगरपालिकालाई गिज्याईरहेछ, निर्माण सुरु भएको ९ वर्ष बितिसक्दा पनि अलपत्र

प्रकाश नेपाल,
पाल्पा । १८ महिनामा सम्पन्न हुने गरी निर्माण थालिको तानसेनको वडा नं ७ बाघखोरमा निर्माणधिन शीत भण्डार (कोल्ड स्टोर) को काम नौ वर्षसम्म सम्पन्न हुन सकेको छैन ।

भारतीय राजदूतावासको ४ करोड ९९ लाख ९१ हजार ९ सय ५ रुपैँया आर्थिक सहयोग र तानसेन नगरपालिकाको सहयोगमा सुरु भएको कोल्ड स्टोरको निर्माण कार्य ९ वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा रहेको छ ।

पाल्पा, गुल्मी, स्यांगजा र आसपासका क्षेत्रमा उत्पादित कृषि उत्पादनलाई चिस्यान केन्द्रमा भण्डारण गर्न, उत्पादन समयमा बजारमा खपत हुन नसक्ने अबस्थामा उत्पादन जोगाउन र कृषि उपजको मूल्यका कारण किसानलाई हुने नोक्सानीबाट जोगाउन दुई हजार टन क्षमताको कोल्ड स्टोरको निर्माण सुरु गरिएको थियो ।

बहादुर सिंह लामाको हिमडुङ एण्ड थोकर र रामप्रसाद भट्टको जय रक्तकाली जेभीले यो योजनाको ठेक्का लिएका हुन ।

२०६९ फागुन २३ गते सम्झौता भएको योजना २०७१ जेठ ३० गते सम्पन्न गर्ने म्याद रहेको थियो । समयमा काम सम्पन्न नभएपछि नगरपालिकाले ३ पटक सम्म योजनाको म्याद थपिसकेको भएपनि हालसम्म २७ प्रतिशत मात्र काम भएको छ । कोल्ड स्टोर निर्माण कार्य अलपत्र हुँदा स्थानिय आक्रोशित छन् ।

स्थानिय माधव भट्टराई भन्छन्, ‘धैर्यता टुटे पछी अलपत्र संरचना पुरा गर्न वा हटाउन पटक पटक नगरपालिका धाउँदा धाउँदा हार खायौं । कुनै कुराको सुनवाई हुँदैन । ’

नगरपालिकाले निर्माण व्यवसायीको कमजोरीका कारण सिंगो नगरपालिकाको विकास योजना प्रभावित हुने गरेको बताएको छ । यता पाँच बर्ष देखी संरचनाको रेखदेख गरेका सितापुर भारतका मजदुर राजु चौरसियाले समेत बिगत चार बर्ष देखी कुनै परिश्रमीक पाएका छैनन् । उनि भन्छन्, ‘ठेकेदारले पारिश्रमिक नदिएको ४ वर्ष भयो आफुलाई बिहान साँझको छाक टार्न पनि समस्या छ ।’

भारतीय दूतावासकै पहलमा नगरपालिका र निर्माण व्यवसायी बहादुरसिं लामा बीच नगरपालिकाले जरिवाना नलगाउने र निर्माण व्यवसायीले मूल्य वृद्धि नखोज्ने सहमति भएको थियो । निर्माण व्यवसायीले कामको मूल्यांकन गरी ५० लाख रुपैँया आफूहरुले भुक्तानी नपाएको दावी गरे भने नगरपालिकाले निर्माण कम्पनीलाई हालसम्म २ करोड १६ लाख रुपैँया भुक्तानी दिएको दिईसकको भएपनि ठेकेदारका कारण आफु लजित हुन परेको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताए ।

उनले भने, ‘नगरपालिकाले २०७५ माघ ८ गते पूर्व निर्धारित समयमा काम नभए पछी क्षतिपूर्ति वापत ४८ लाख २२ हजार ५५ रुपैँया बुझाउन व्यवसायीलाई पत्राचार गरेको र त्यसपछि काम नभएकाले कारवाहीका लागि अन्तिम प्रक्रिया अगाडि बढाउने तयारी थालिएको छ । कानुनी झन्झटका कारण कोल्डस्टोर निर्माणको काम पुरा नहुँदा लञ्जित छौं ।’

कोल्ड स्टोरका संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् भने कतिपय संरचनामा थप कार्य गर्न नहुने अवस्थामा पुगेको छ । शीत भण्डार निर्माण प्रक्रिया ढिलासुस्ती हुँदा हर्षिएका किसान निरुत्साहित बनेका छन् । भारतीय सरकारको सहयोगमा सञ्चालित यो योजना अलपत्र हुँदा नेपालीलाई नै लाजमर्दो भएको छ । यस तर्फ सम्बन्धित निकायले समयमा नै ध्यान देओस भन्दै स्थानियले नगरपालिमा धाउने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);