तानसेन नगरपालिकाले मापमण्ड बिपरित बनेका घर भत्काउन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

तानसेन नगरपालिकाले मापमण्ड बिपरित बनेका घर भत्काउन सुरु

प्रकाश नेपाल
पाल्पा, २८ माघ । तानसेन नगरपालिकाले मापदण्ड विपरीत निर्माण भईरहेका घरमा डोजर प्रयोग गरि भत्काउन सुरु गरेको छ । तानसेन नगरलाई सुन्दर बनाउने योजना अनुरुप पछिल्लो समय तानसेन नगरपालिका सडक अतिक्रण गरी बनाइएका संरचना, फुटपाथ पसल, सडक छेउछाउमा यत्रतत्र राखिएका निर्माण समाग्रीलाई व्यवस्थित गर्न सक्रिय भएको छ ।

पछिल्लो समय तानसेन नगरपालिकाले नगरमा मापदण्ड विपरीत निर्माण गरिएका घर तथा संरचना भत्काउन थालेको छ । नगरलाई सफा र स्वच्छ बनाउन फुटपाथ पसलहरुलाई व्यवस्थित गर्ने अभियान पनि सञ्चालन गरिएको छ ।

यस क्रममा नगरपालिकाले गएको शुक्रबार पनि सार्वजनिक बाटो अतिक्रमण गरि घर निर्माण गर्न लागिएको भन्दै तानसेन नगरपालिका–७ जैसीचौपारीमा निर्माणको क्रममा रहेको एक घरमा डोजर चलाएको छ ।

डोजर नै चलाएर घर भत्काउने मनशाय नगरपालिकाको नभए पनि पटक पटक गरिएको लिखित र मौखिक जानकारीको वास्ता नगरेकोले डोजर चलाउन बाध्य भएको तानसेन नगरपालिकाको भनाई छ ।

नगरपालिकाले अतिक्रमण गरि बनाइएको संरचना भत्काउन शुरु गरेपछि सडक छेउछाउका स्थानीय आतंकित भएका छन् । घर भत्काईएकोमा दुख व्यक्त गर्दै पीडित सुमन परियार आफुहरुलाई गरिब देखेर तानसेन नगरपालिकाले विभेद गरेको गुनासो गरे । तानसेन नगरपालिकाले हालम्म नगर क्षेत्र भित्रका झण्डै आधा दर्जन घरहरु भत्काई सकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);