बजेट सक्न सडक चौडा गर्दा पहिरोको जोखिम बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बजेट सक्न सडक चौडा गर्दा पहिरोको जोखिम बढ्दै

प्रकाश नेपाल
पाल्पा, १५ असार । पाल्पाको तानसेन नगरपालिकाले असार मसान्त भित्रै बजेट सक्न सिद्धार्थ राजमार्गको वर्तुगं–चुच्चेबारी र तानसेन हार्थोक सडक चौडा गर्दा पहिरोको जोखिम बढेको छ ।

राष्ट्रिय राजमार्गको काम सडक विभागले गर्ने सरकारी नीति भएपनि नगरपालिकाले बजेट सक्नकैलागि वर्षातको समयमा काम अघि बढाउँदा यातायातका साधन मात्र नभई स्थानीयहरु सास्ती खेप्न बाध्य छन् ।

वर्षायाम सुरु भएसंगै वातावरणीय प्रभाव र मुल्यांकन नगरि डोजरको प्रयोग गर्दा पहिरोको जोखीमले सिद्धार्थ राजमार्गको वर्तुगं–चुच्चेबारी र तानसेन हार्थोक सडक आसपासका स्थानीयहरु त्रसित छन् । अत्यन्तै व्यस्त रहने सिद्धार्थ राजमार्गमा अहिले हिलो र पहिरोले सवारी साधन असुरक्षीत हुनुका साथै घण्टौ सम्म जाममा पर्ने समस्या आएको छ ।

विकास निर्माणकालागी मात्रै तानसेन नगरपालिकाले यस वर्ष १ करोड रुपैया विनीयोजन गरेको छ । यता तानसेन नगरपालीकाले भने सडकमा यातायातका साधनको चाप वढ्न गएका कारण सडक चौडा गर्नुको विकल्प नरहेको तानसेन नगरपालीकाका प्रमुख असोक कुमार शाहीले बताउनु भयो ।

असारे विकास निर्माणका कारण स्थानीयले बारीमा लगाएको मकै लगायतको उत्पादन समेत नास भएको छ । सडक चौडा गर्न थालेपछि वर्षासँगै पहिरोले सडक छेउछाउका घरहरुलाई समेत समस्या भएको छ ।

घर आउने जाने वाटो समेत नभएको स्थानीयको विचल्ली छ । एकातिर घर पहिरोमा पर्ने डर अर्को तर्फ कोरोनाका कारण छिमेकीले वासै नदिने हुँदा आफुहरु विचल्लीमा परेको स्थानीय जमुना विकको भनाई छ ।

सडक निर्माणले वर्षातको समयमा खेती योग्य जमिन कटान मात्र गरेको छैन । सडक आसपासका वस्तीहरु पहिरोको उच्च जोखीममा परेका छन् । नगरपालिकाको असारे विकासले सडक माथिको ५ घर परिवार अहिले विस्थापित हुने अवस्थामा पुगेका छन् ।

वर्षातको समयमा सडकमा जथाभावी डोजरको प्रयोग गर्दा केही दिन अघि मात्र तानसेन तम्घास सडक खण्डको सम्मोबारीमा पहिरोको कारण चार जनाले ज्यान गुमाईसकेका छन् ।

असारे विकासले विनास निम्त्याउने हुदाँ समयमै यस्ता योजनाहरु सम्पन्न गर्न आवश्यक छ । विकासका नाममा हुने मानविय र भौतिक क्षतीतर्फ सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);