घुम्ती कटान गरी सडक विस्तारलाई तिब्रता | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

घुम्ती कटान गरी सडक विस्तारलाई तिब्रता

पाल्पा, १९ साउन । पाल्पा र गुल्मीका मुख्य सडकका साँघुरा घुम्ति कटान गरी सडक विस्तारलाई तिब्रता दिइएको छ । घुम्ती कटान गरी बाटो सिधा बनाएपछि यात्रामा त सहज भएको छ नै दुर्घटनामा पनि कमी आउने अपेक्षा गरीएको छ ।

पहाडी बाटो, साँघुरो सडक । त्यसमाथि विपरित दिशाबाट आउने सवारी नै नदेखिने साँधुरो घुम्तीका कारण दुर्घटना बढेपछि पाल्पा र गुल्मीका मुख्य सडक विस्तार अभियानलाई तीब्रता दिइएको छ ।

साँघुरा घुम्ती काटेर सडक सिधा बनाएपछि स्थानीयले सडक यात्रा सुरक्षित भएको महशुस गरेका छन् । सडक डिभिजन कार्यालय पाल्पाले आर्थिक बर्ष २०७२/२०७३ देखि घुम्ती हटाएर सडक चौडा गर्ने कार्यका थालनी गरेको थियो ।

अहिले तानसेन–तम्घास खण्डमा हार्थोक, लघुवा, रिडी, रातामाटा, बलेटक्सार सम्मका साँधुरा घुम्ती काटिएको छ । आर्यभञ्याङ्ग–रामपुर सडकको सिलुवा देखी रामपुरसम्मका घुम्ती, सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको कालमाटी क्षेत्रका घुम्ती पछि काटिएको छ ।

रणनीतिक सडक पुनःस्र्थापना तथा मर्मत कार्यक्रम, बृहत लुम्बिनी चक्रपथ सडक योजना अन्र्तगत घुम्ती सुधार योजना अन्तरगत निर्माणको काम भएको हो । सडक विस्तार र घुम्ती कटान कार्यलाई निरन्तरता दिन स्थानीयले सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन् ।

तानसेन–तम्घास सडकमा करीव १ सय ५० वटा जोखिम घुम्ती रहेकोमा हालसम्म ५० भन्दा बढी कटान गरी सडक सिधा बनाइएको छ । जसले दुर्घटना न्युनिकरण भएको छ ।

घुम्ती सुधार कार्यक्रम अन्तर्गत पहिलो बर्ष घुम्ती काट्ने र द्रोस्रो बर्ष कालोपत्रे हुँदै आएको छ । पहिलो बर्षको काम प्रभावकारी भएपछि पछिल्ला बर्षहरुमा समेत घुम्ती सुधार कार्यक्रमले निरन्तरता पाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);