जनकपुरधाम, १९ साउन । जनकपुरधाम उपमहानगरपालिकामा राष्ट्रियगान र जनकपुरधाम गान गाएपछि मात्र दैनिक कामकाज सुरु हुने भएको छ ।
शनिबार जानकी मन्दिर परिसरमा जनकपुरधाम गान सार्वजनिक गर्दै उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनप्रतिनिधिलगायत सबै कर्मचारीहरुलाई राष्ट्रियगान र जनकपुरधाम गान गाएपछि मात्र काम सुरु गर्न आग्रह गरे ।
कार्यालय समयभन्दा पाँचमिनेट अघि कार्यालय पुगी राष्ट्रियगान र जनकपुरधाम गान गाएपछि मात्र दैनिक कार्य प्रारम्भ हुने उनको भनाइ छ ।
एक दर्जन भन्दा बढी गायक गायिकाले स्वरबद्ध गरेको मैथिली भाषाको जनकपुरधाम गान अशोक दत्तले रचना गरेका हुन् । आइतबारदेखि लागु गरिने उक्त गानले देशभक्ति तथा जनकपुरधामप्रतिको आस्था बढाउन सहयोग पु¥याउने विश्वास गरिएको छ ।




