म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दश जना घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दश जना घाइते

म्याग्दी, १४ कार्तिक । म्याग्दीको रातो पहिरोमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दश जना घाइते भएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानिबाट सदरमुकाम बेनी तर्फ आउँदै जिप शुक्रबार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । दुर्घटनामा १० जना घाइते भएको म्याग्दी प्रहरीले जनाएको छ ।

पाखापानिबाट बेनी आउने क्रममा बेनी गलेश्वर सडक खण्डको रातो पहिरोमा दुर्घटना हुँदा १० बर्षकी रिया बिकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकोछ ।

चालकसहित ११ जना चढेको उक्त जिप घुम्ती कटान गर्ने बेलामा अनियन्त्रीत भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । जिप सडकबाट करीब तिस मिटर तल कालिगण्डकी किनारमा खसेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);