४ लाख बराबरको ३९३ थान ट्रयाकसुट बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

४ लाख बराबरको ३९३ थान ट्रयाकसुट बरामद

कञ्चनपुर, १४ कार्तिक । नेपाल भारत खुल्ला सिमा नाकाका कारण अबैध करोवार र राज्श्व छली गर्दै लाखौको लाताकपडा,हार्डवेयर सामान ,किराना पसलका सामान लगायत खद्यान सामाग्री भित्रीने हपको रुपमा कैलाली र कञ्चानपुरका सिमावार्ती क्षेत्रलाई लिने गरिन्छ ।

तस्कारहरुले बिभिन्न सेटिङमा नेपाल अधिराज्य भित्र यस नाका बाट तस्करी गर्दै सामानहरु राजधानी सम्मा सप्लाई गर्ने गरेको बिशेष सुचनाको आधारमा प्रहरी पोष्ट आई बि आर डी का इन्चार्ज प्रहरी सहायक निरीक्षक दान बहादुर साउँदको कमाण्डमा खटेको गस्ती टोलीले नक्कली बिल बनाएर भन्सार छली गर्दै कञ्चनपुरको बेलौरी देखि काठमाण्डौं लैजादै गरेको अशंकामा प्रहरीले शुक्रबार ३९३ थान करिब अन्दाजी ४ लाख बराबरको ट्रयाकसुट बरामद गरेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित आई बि आर डी बजार क्षेत्रबाट कञ्चनपुर देखि काठमाडौंका लागि चल्ने पवनदूत यातायात बरहसिङ मेट्रो बस नम्बर न ७ ख १११९ मा खानतलासी गर्दा राजधानी लादै गरेको अवस्थमा बरामद भएको थियो।

बरामाद सामान सगै न्यून दररेट समावेस गरेको कर बिजक बिल ग्लोबल ईन्टरनेशनल सप्लायर्स ले जस्ट फेसन हाउस काडमण्डौको नाममा जारी गरी काटेको शंकास्पद बिल फेला पारेको र उक्त बिल र बरामाद सामानबारे थप अनुशान्धन गरिने ईलाका प्रहरी कार्यालाय ञिभुवनबस्तीका ईन्चार्ज प्रहरी निरिरिक्षक कैलाश सिह बिष्टले बताउनु भयो ।

अहिले उक्त सामानबारे केही भन्न नसकिने भएकोले सो बारे बिस्तृत जाजबुझ गर्न लागेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिनुभयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);