एपीएफ टोलीद्वारा चोरीनिकासी पैठारीको सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

एपीएफ टोलीद्वारा चोरीनिकासी पैठारीको सामान बरामद

काठमाडौं, १३ कार्तिक । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-९ स्थित सीमा ईलाकाबाट कार्तिक १३ गते एपीएफ टोलीले करीब पाँच लाख ४० हजार रुपैयाँ बराबरको चोरीनिकासीको खुकुरी चुरोट बरामद गरेको छ ।

नेपालबाट भारततर्फ अवैध रुपले लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खल्लामछेट्टीबाट खटिएको एपीएफ टोलीले उक्त चुरोट बरामद गरेको हो । बरामद चुरोट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित लालबकैयाबाट कार्तिक १२ गते एपीएफ टोलीले करीब एक लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, कस्मेटिक सामान र किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);