एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं, १६ फागुन । सिरहा जिल्लाको औरही गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट फागुन १६ गते एपीएफ टोलीले करीब २ लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ईट्टाटारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले फागुन १५ गते करीब एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

उल्लेखित मूल्य बराबरको चोरीपैठारीको गहना राख्ने बट्टा कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);