केरुङ नाका सोमबारदेखि पुनःसञ्चालनमा आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

केरुङ नाका सोमबारदेखि पुनःसञ्चालनमा आउने

रसुवा, १६ फागुन । उत्तरको छिमेकी चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक केरुङ नाका सोमबारदेखि पुनःसञ्चालनमा आउने भएको छ ।

चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका सोमबारबाट पुनःसञ्चालनमा आउन लागेको हो । सीमा नाका खोल्न सरकारले चीनसँग गरेको निरन्तरको कूटनीतिक प्रयासले केरुङ नाका खोल्न चीन सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रसुवा कोरानमुक्त भएको र भन्सार कार्यालय लगायत नाकामा अधिकाँस आवातजावत गर्ने सुरक्षा निकाय तथा चालकहरुले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेकाले कोरोनाको जोखिम अतिकम भएको भन्दै परराष्ट्र मन्त्रालयले नाका खोल्नका लागि चीनलाई मनाउँदै आएको थियो ।

केरुङ नाका बन्द हुँदा लत्ता कपडा लगायत विभिन्न सामाग्रीहरुको आयातनिर्यात ठप्प भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);