रसुवागढी–केरुङ नाका आजदेखि पूर्णरूपमा सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रसुवागढी–केरुङ नाका आजदेखि पूर्णरूपमा सञ्चालनमा

rasuwagadi naka

काठमाडौं । रसुवागढी–केरुङ नाका आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

गत बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि पूर्णरूपमा सञ्चालन गर्ने गरेको सहमति अनुसार , जसअनुसार आजबाट दुईतर्फी व्यापार र यारी–पुलाङबाट मानव आवागमन खुला भएको छ ।

कोरोना महामारीपछि लामो समय बन्द रहेको यो नाका अहिले आंशिक रूपमा सञ्चालन भइरहेको छ । यसैगरी सिन्धुपाल्चोकको तातोपानी नाका पनि मे १ देखि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।

चीनसँगका यी दुई नाका पूर्णरूपमा नचल्दा चीनबाट नेपालमा हुने आयातका लागि तेस्रो देशको बाटो प्रयोग गर्नुपरेको थियो, जसले समय र मूल्य बढेर व्यवसायी र उपभोक्ता मारमा परेका थिए । नेपाली पक्षले काठमाडौं– ल्हासा सिधा उडान समेत सकेसम्म चाँडो पुनः सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);