रसुवागढी-केरुङ नाकाबाट दुईतर्फी आवागमन खुल्ला | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

रसुवागढी-केरुङ नाकाबाट दुईतर्फी आवागमन खुल्ला

काठमाडौं, १८ चैत्र । नेपालको पटक पटकको आग्रहपछि चीनले आजबाट रसुवागढी-केरुङ नाकाबाट दुईतर्फी आवागमन खोलेको छ । तीनवर्षयता चीनले आफ्नो तर्फको कन्टेनर मात्र आउन जान दिएकोमा आजबाट नेपालतर्फको कन्टेनर पनि आउन दिएको हो ।

नेपालको रसुवा भन्सार कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले आजबाट विधिवत् रुपमा नाका दुईतर्फी खुल्ला गर्ने गरी उद्घाटन भएको जानकारी दिए । सन् २०२० को सुरुबाट चीनले बन्द गरेको नाका पछि एकतर्फी मात्र खुल्ला गरेको थियो । आज शनिवारबाट भने नेपाली ट्यांकरलाई पनि चीन प्रवेश गर्न दिएको भण्डारीले बताए ।

नेपालका वाणिज्य सचिव मधुकुमार मरासिनी तिब्बतको राजधानी ल्हासा पुगी चिनियाँ अधिकारीहरुसम्म वार्ता गरेपछि नाका दुईतर्फी खोल्ने सहमति बनेको हो ।

मरासिनीसहित ल्हासाका नेपाली महावाणिज्यदूत नवराज ढकाल पनि स्थलमार्गबाट रसुवागढी नाका हुँदै आएको भण्डारीले जानकारी दिए ।

चीनले नेपाली ट्यांकरलाई रोक्दा व्यवसायीहरुले ठूलो नोक्शानी व्यहोरेका थिए । चीनले आफ्नो सामान मात्र नेपालतर्फ पठाउने र नेपालको सामान रोक्ने गर्दै आएको थियो । चीनको केरुङसम्म नेपालीहरु जान पाउने गरी नाका खेलुको छ । यसअघि कोभिड १९ को जोखिम भन्दै चीनले सीमानाकासम्म पनि प्रवेश निषेध गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);