चीनबाट स्याऊ र लसुनको ओइरो, नेपालबाट निर्यात सबै रोक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चीनबाट स्याऊ र लसुनको ओइरो, नेपालबाट निर्यात सबै रोक

काठमाडौं । यतिबेला चीनबाट कन्टेनर बढिरहेको छ नेपालतर्फ । यस्ता कन्टेनरबाट स्याऊ र लसुनको ओइरो लागेको छ । चीनमा स्याऊ र लसुन पर्याप्त उत्पादन भएकाले नेपालतर्फ निर्यातका कन्टेनर आइरहेका छन् ।

नेपालले भने चीनतर्फ खुर्सानीको धुलो पनि पठाउन पाइरहेको छैन । निर्यात ठप्प पारेको छ ।

८० प्रतिशत चीनबाट आएकामा स्याऊ र लसुन नै भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानिधि केसीले जानकारी दिएका छन् ।

दैनिक १० वटा सम्म कन्टेनर चीनबाट सामान लिएर आउने गरेको सिन्धुपाल्चोक जिल्लास्थित तातोपानी भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सारका प्रमुख दयानन्द केसीले आयात केही बढेको जानकारी दिए । उनले भने– ८० प्रतिशत त स्याऊ र लसुन आयात भइरहेको छ ।

नेपालमा सन् २०१५ मा भूकम्प गएपछि चीनले तातोपानी नाका बन्द गरेको थियो । नेपाली पक्षले बारम्बार प्रयास गर्दा पनि कोभिड १९ को जोखिम भन्दै नाका खोल्न मानेन । पछिल्लो समय आयात खोलेपनि निर्यात गर्न दिएको छैन ।

हालै ल्हासामा वाणिज्य सचिवस्तरीय बैठकमा पनि तातोपानी नाका निर्यातका लागि पनि खोल्ने गरी नेपाली पक्षले प्रस्ताव राखेको थियो । चीनले भने अझै खोल्नेबारे स्पष्ट जवाफ दिएको छैन ।

विगतमा तातोपानी नाका हुँदै खासा बजारमा नेपालीहरु सामान खरिद गर्न जान पाउँथे । अहिले त्यहाँ रोक लगाइएको छ । भोलि चैत्र १७ गते बाट भने रसुवा जिल्ला तर्फको अर्को नाका केरुङबाट नेपालीहरुलाई निश्चित किलोमिटरसम्म जान दिने गरी खुला गरिन लागिएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानिधि केसीले खुलाए ।

तातोपानी नाकाबाट नेपाली कन्टेनरलाई भने चीनले निषेध गरेको छ । त्यहाँबाट चीनकै कन्टेनर मात्र नेपाल प्रवेश गर्न पाउँछन् । चीनले नाकामा एकतर्फी आयात मात्र गर्न दिने देखि आफ्नो मात्र कन्टेनर नाकामा आवतजावत गर्न दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);