तातोपानी नाकाबाट नेपालले १८२ प्रकारका सामाग्री निर्यात गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तातोपानी नाकाबाट नेपालले १८२ प्रकारका सामाग्री निर्यात गर्ने

काठमाडौं, १५ वैशाख । नेपालले तातोपानी नाकाबाट आउँदो सोमवारबाट चीनतर्फ निर्यात गर्न पाउने भएको छ । तर, चीनले १८२ प्रकारका सामाग्री मात्र निर्यात गर्न दिनेछ ।

नेपालले निर्यात गर्न पाउने सामाग्रीहरुमा जडिबुटी, चाउचाउ, हस्तकलालगायतका समाग्री छन् । चीनले भने नेपालतर्फ तातोपानी नाकाबाट निर्यात गर्दै आएको छ । चीनबाट स्याऊ, लसुन जस्ता समाग्री बढी आइरहेको तातोपानी भन्सारका प्रमुख दयानन्द केसीले जानकारी दिए ।

तातोपानी नाका खोल्न नेपालले निकै पहल गर्दै आएको थियो । तिब्बतको राजधानी ल्हासा मात्र नभई चीनको राजधानी बेइजिङ सम्म पनि वार्ता भएको थियो । अन्तमा दुई देशका अधिकारीहरुबीच सहमति भई वैशाख १८ गतेबाट आयात निर्यात दुवै सञ्चालनमा ल्याउने सहमति भएको हो ।

वैशाख ४ मा सुरक्षा अधिकारीहरुको वार्तापछि ६ बुँदे सहमतिसँगै नाका दुई तर्फी खुलाउने सहमति बनेको थियो । नेपालले बारम्बार नाका खुलाउन आग्रह गर्दा चीन निकै समयपछि मात्र सहमत बनेको हो । तर, अझै उसले निर्यात पूर्ण खुकुलो पारेन । विशेषगरी नेपालले चाहेको पकाइएको राङ्गाको मासु निर्यातमा चीन सकारात्मक देखिएन । नेपालका विदेशसचिव भरतराज पौडेलले बेइजिङ पुगेर अप्रिल महिनामा विभिन्न सामाग्री निर्यात खुलाउनेबारे कुरा गरेपनि चीन तयार भएन ।

चीनले पूर्वाधार निर्माणका लागि तातोपानी नाका अझै बन्द गरेको छ । अब सोमबारबाट नाका खुल्नेछ । चीनतर्फ निर्माण लगभग पूरा भइसकेका छन् । नेपालतर्फ भने खासै निर्माण हुन सकेको छैन ।

चीनसँग रसुवागढी नाका दुईतर्फी सञ्चालनमा छ । तर, रसुवागढी नाकाभन्दा तातोपानी नाका सिगात्सेसँग नजिक छ । ढुवानी सस्तो पर्ने भएकाले व्यवसायीहरु तातोपानी नाकालाई महत्व दिने गर्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);