तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रुपमा सञ्चालनमा, निर्यातका लागि सहजता हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रुपमा सञ्चालनमा, निर्यातका लागि सहजता हुँदै

tatopani-border

काठमाडौं, १९ वैशाख । नेपाल–चीन व्यापारीक तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । विगत आठ वर्ष भन्दा बढी समयदेखि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको चीन जोड्ने तातोपानी नाका सोमवारदेखि दुईतर्फी आयात निर्यात खुला भएको हो ।

भूकम्पको बहानामा चीनले तातोपानी नाका दुवैतर्फ सञ्चालनमा अवरोध गरिरहेको थियो । भूकम्पपछि तातोपानी नाका करिव चार वर्ष पूर्ण रूपमा ठप्प थियो । सोमवारदेखि आयात निर्यात दुवैतर्फ सञ्चालनमा आएपनि मानव आवतजावत प्रतिवन्ध नै रहेको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले मानव आवतजावत तत्काल खोल्ने सम्भावना नभएको भन्दै खोल्ने विषयमा छलफल भइरहेको बताउनु भयो । उहाँले सोमवार तोतोपानी नाका दुईतर्फ सञ्चालनमा आएसँगै नेपालबाट तीन ट्रक मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको बताउनु भयो । उहाँले सोमवार करिव ३७ लाख मूल्य बराबरको सामान निर्यात भएको बताउनु भयो । उहाँले तातोपानी नाकादेखि काठमाडौंसम्म सडक मार्ग निर्माणका सरकारले प्रथामिकतामा राखेको बताउनु भयो ।

त्यस्तै,नेपाल ट्रक ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले तातोपानी नाका ८ वर्ष १६ दिनमा सञ्चालनमा आउँदा खुशी लागेको बताउनु भयो । उहाँले तातोपानी नाका अब पूर्ण रुपमा सञ्चालनमा आउने आशावादी भएको बताउनु भयो । उहाँले सरकारले नेपाली सामान निर्यातको लागि कुटनीतिक पहल गर्न आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै,व्यवसायी विजय शेर्पाले तीन ट्रक मुढा र म्याट्रेस चीनले तामझाम गरेर लगेको बताउनु भयो । उहाँले भन्सार नाका दुईतर्फ सञ्चालनमा आएसँगै निर्यात बढ्ने आशा रहेको बताउनु भयो । उहाँले यो भन्दा पहिला बिस्कुट,सलाई,मैदा,कस्मेटिक सामान जस्ता सामानहरुको माग भइरहेको बताउनु भयो ।

त्यस्तै,अर्का निर्यात व्यवसायी अनिरुद्र थापाले लामो समयपछि तातोपानाी भन्सार नाका दुईतर्फ खुला भएसँगै निरन्तर रुपमा पूर्ण सञ्चालनमा आउने अपेक्षा गरेको बताउनु भयो । उहाँले नाकाको दुवै तर्फका संरचना राम्रो बनको भन्दै दुवैतर्फका सावारी साधान सञ्चालनमा समेत सहजता रहेको बताउनु भयो ।

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार सोमवारदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा समय समयमा अवरोध हुँदा करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र हुँदा साना र मझौला व्यापारीहरुलाई ठूलो समस्या पर्ने गरेका थियो । नाका दुवैतर्फ सञ्चालनमा आएसँगै नेपाल–चीन आयात र निर्यातमा सहजीकरण हुने भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);