आसियाना बासमती चामल अब देशभर पाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

आसियाना बासमती चामल अब देशभर पाइने

काठमाडौं । नेपालमा गुणस्तरीय चामल नपाएको गुनासो आइरहेको भन्दै रानीसति इन्टरनेशनल प्रा.लि.ले आसियाना बासमती चामल बिक्री वितरण शुरु गरेको छ ।

शनिवार काठमाडौंमा एक कार्यक्रम गर्दै प्रा.लि.ले नेपाली बजारमा आसियाना चामल बिक्री गरेको १ वर्ष पूरा गरेको र यो अवधिमा धेरै उपभोक्ताले रुचाएकाले अब नेपालभर चामल पु¥याउने लक्ष्य लिएको जानकारी दिएको हो ।

कम्पनीले उपभोक्ताको मागलाई ध्यानमा राखेर ल्याइएको आसियाना चामल १ वर्षमा धेरैले रुचाएको चामलमा परेको र मुलायम र बास्नादार चामलको ब्राण्डमा स्थापित भएको जनाएको छ । कार्यक्रममा बोल्दै रानीसति इन्टरनेशनल प्रा.लि.का अध्यक्ष ओमप्रकाश वंशालले सबैले राम्रो चामल भनेर बेचिरहने तर उपभोक्तालाई भने विश्वास नहुने गरेको बेलामा आफूहरुले उपभोक्ताको रोजाइमा नै चामल ल्याएको बताउनु भयो । उहाँले अब बिगमार्ट, भाटभटेनी र नेपालभर आसियाना चामल पाइने बताउनु भयो ।

कार्यक्रममा कम्पनीको तर्फबाट देशभरका ३० भन्दा बढी आसियाना चामलका डिलरहरुलाई सम्मान गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);