खुल्यो रसुवागढी नाका | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

खुल्यो रसुवागढी नाका

rasuwagadhi naka

काठमाडौं । लामो समय देखि कोरोना भाइरसका कारण चिनियाँतर्फबाट बन्द भएको रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । नेपाल भ्रमण आएका चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपतिसँगको भेटवार्तामा रसुवागढी नाका खोल्ने बताएका थिए । त्यसलगत्तै रसुवागढी नाका सञ्चालन हुने चिनियाँ पक्षले नेपाललाई जानकारी गराएको थियो ।

चीनको तिब्बत क्षेत्रमा कोरोना भाइरस जोखिम बढेको भन्दै गत साउन २५ गतेदेखि बन्द भएको रसुवागढी नाका आजदेखि खुल्ला भएको हो । नाका खुलेसँगै बिहीबार १४ वटा कन्टेनर नेपालतर्फ आएका छन् । नाका बन्द भएपछि सामान बोकेका कन्टेनर चिनियाँ क्षेत्रमा रोकिएका थिए । जसले गर्दा व्यापारीहरुले दसैँको लागि सामान आयात गर्न पाएका थिएनन् । पहिलो चरणको लकडाउनयता लामो समय नाका ठप्प भएको थियो । त्यसपछि खुलेको भन्सारबाट साउन २५ गतेसम्म दैनिक सात वटा कन्टेनर मात्रै नेपालतर्फ आउने गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);