फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम

पोखरा, १६ फागुन । कास्कीको पोखरास्थित फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाकंन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल र सिमाना कायम गरेको हो ।

सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले गठित सो समितिका अनुसार फेवातालको क्षेत्रफल पाँच दशमलव ७ सय २६ वर्ग किलोमिटर अर्था ११ हजार २ सय ५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो। समितिले तालको क्षेत्रफल यकीन गरी सङ्घीय सरकारलाई सिफारिस गरेकामा गत फागुन ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सो सम्बन्धमा निर्णय गरेको थियो ।

निर्णयपछि गण्डकी प्रदेश सरकारले आइतबार समितिको प्रतिवेदन पोखरामा सार्वजनिक गरेको हो। नयाँ सीमाङ्कन अनुसार फेवाताल सीमारेखाको परिधि १८ किलोमिटर हुनेछ। फेवातालको चार किल्ला पूर्वमा ‘ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौँदी–चङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ कायम गरिएको छ।

प्राकृतिक तथा मानवीय कारणले फेवाताल बर्सेनी अतिक्रमन हुँदै आएको थियो । तालको संरक्षकालागि सर्वोच्चले समेत पटकपटक सरकारलाई निर्देशनात्मक आदेश जारी गर्दै आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);