लुम्बिनीमा युनिभर्सल पीस सेन्चुरी स्थापना हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

लुम्बिनीमा युनिभर्सल पीस सेन्चुरी स्थापना हुने

लुम्बिनी, १६ फागुन । शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनी आफैंमा चिरपरिचित नाम हो । विश्वका विभिन्न मुलुकबाट शान्तिको कामना गर्न आउनेहरुलाइ गौतमबुद्धको बारेमा जानकारी दिन र प्रचारप्रसार बढाउने उद्देश्यले युनिभर्सल पीस सेन्चुरीको स्थापना हुन लागेको छ ।

बौद्ध धर्मका प्रणेता भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनी विश्वकै लागि आकर्षक केन्द्र हो । ऐतिहासिक महत्व बोकेको लुम्बिनी विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ । बर्षेनी लाखौं भक्तजन आउने लुम्बिनीमा भगवान गौतम बुद्धको बारेमा ध्यान तथा तपस्या गर्ने केन्द्रको अभाव हुने गरेको छ । त्यसैलाई हटाउन अहिले युनिभर्सल पीस सेन्चुरीको स्थापना गर्न लागिएको छ ।

१५ सय भन्दा बढीले एकैपटक हप्तौं ध्यान तथा तपस्या गर्नसक्ने गरि पीस सेन्चुरी ३ बर्षभित्रमा निर्माण सक्ने र यसले लुम्बिनीको महत्व अझै बढाउने विश्वास गरिएको छ ।

युनिभर्सल पीस सेन्जुरीु निर्माणको लागि बढी भन्दा बढी मानिसको सहभागीता होस भन्ने उद्देश्यले एक रुपैयाँ सहयोग वा दान गर्न सकिने छ । पीस सेन्चुरी निर्माणको लागि स्वदेश तथा विदेशबाट लाखौं मानिसले एक रुपैयाँ सहयोग गरी सहभागीता जनाएको भन्दै शान्ति कायम गराउन करौडौं मानिसले साथ दिने विश्वास गरिएको छ ।

पीस सेन्चुरीको मुख्य काम जग बसाउने काम सक्किसकेको छ । यसको लागि समाजमा पैसामात्रै वा पदमात्रै भन्दापनि केही दान वा सहयोग गरौं भन्ने भावना विकास गरेको भन्दै सकेको सहयोग गर्ने उद्देश्यले लुम्बिनिमा आएको उद्योगीहरुले बताएका छन् ।

युनिभर्सल पीस सेन्चुरी विश्वकै बौध्द धर्मालम्वीको लागि ध्यान र तपस्या सहित खोजिकेन्द्र बनाउने लामा गुरुहरुले बताएका छन् । यसलाइ महासिद्ध सेन्चुरी समेत नामाकरण गरिएको छ । यहाँ बुद्धका सयौं पुस्तकदेखि अहिलेसम्म प्रकाशित बुद्धसँग सम्वन्धित सबै पुस्तक सहितको लाइव्रेरी, ध्यान केन्द्र, खोजी केन्द्रदेखि सेमिनार हल सहितको अत्याधुनिक केन्द्र बनाउने तयारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);