लुम्बिनी विकास गुरु योजनामा नयाँ कुरा थप गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

लुम्बिनी विकास गुरु योजनामा नयाँ कुरा थप गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजनालाई पुरिस्कृत गर्नुपर्ने बताएका छन् ।

आइतबार आफ्नो स्पेन भ्रमणको सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजना पुरानो भइसकेको र धेरै कुरामा परिवर्तन आइसकेको भन्दै लुम्बिनी विकास गुरु योजनामा नयाँ कुरा थप गर्नुपर्ने बताएका हुन् ।

स्पेनमा बन्न लागेको लुम्बिनीले गौतम बुद्धको जन्मभूमि नेपालमा पर्छ भन्ने कुराकै प्रचार प्रसार गर्ने र नेपालमा पर्यटन विस्तार हुने उनको भनाई छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले स्पेनमा बन्न लागेको लुम्बिनीले शान्तिको खोजी गर्न बुद्ध जन्मभूमिमा जानुपर्छ र शान्तिको दिप प्रज्वलन नेपालबाट भएको रहेछ भन्ने कुराहरुको विश्वलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

स्पेनमा संरचना बन्नासाथ सबै त्यहिं जान्छन् भन्ने नरहेको पनि अध्यक्ष तिमिल्सिनाले बताए । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्य मन्त्री गुईलेरम्मो फर्नान्डेज भारको निमन्त्रणा तथा लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा अप्रिल ६ देखि १२ मा सम्पन्न शान्ति सम्मेलनमा सहभागी हुन स्पेन गएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);