लुम्बिनी गुरु योजना ४० वर्षदेखि अधुरै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनी गुरु योजना ४० वर्षदेखि अधुरै

Lumbini

बुटवल, १३ बैशाख । विकासका आयोजनामा हुने ढिलासुस्तीले नेपालमा आर्थिक विकासको गति चुस्त हुन सकेको छैन । ठेकेदार कम्पनीको लापर्बाही र त्यसलाई टुलुटुलु हेरी बस्ने सरकारी संयन्त्रको निरीहपन अन्त्य नभए मुलुक समृद्ध बनाउने अभियान प्रभावकारी बन्न सक्ने स्थिति देखिदैन । बुद्धको जन्मस्थल लुम्बिनी गुरुयोजनाले ४० वर्ष पुगिसक्दा पनि पूर्णता पाउन सकेको छैन ।

एउटा विकास आयोजना सम्पन्न हुन कति समय लाग्ला ? २ वर्ष, ५ वर्ष, १० वा २० वर्ष । तर, नेपाललाई विश्वमै चिनाउने शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीको गुरु योजना ४० वर्षदेखि अधुरै छ । लुम्विनी क्षेत्रको संरक्षण र योजनावद्ध विकास गर्न सन् १९८७ मा लुम्विनी गुरुयोजना बनाउन सुरु गरिएको थियो । १४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य भएपनि लुम्बिनी विकास कोषको प्रतिबद्धता र जिम्मेवारीबोधको अभावले गुरुयोजनाले गति लिन सकेको छैन ।

लुम्बिनी विकास कोषको उपाध्यक्ष अवधेशकुमार त्रिपाठी स्यम् पनि योग्य र दक्ष पदाधिकारीको अभावमा लुम्बिनी गुरु योजना निर्माणको काममा ढिलाई हुनु नेपालका लागि लज्जाको विषय भएको स्वीकार्छन ।

गुरुयोजना निर्माणका लागि हालसम्म करिव ८ अर्ब ६९ लाख ३० हजार खर्च भईसकेको छ । जसमा जग्गा अधिग्रहण र भौतिक संरचना निर्माणमा नेपाल सरकारको साढे २ अर्ब र विभिन्न देशले बनाएका बौद्ध गुम्बाहरुको निर्माणमा साढे ५ अर्ब खर्च भएको छ । अझै २५ प्रतिशत काम बाँकी रहेको र यो सम्पन्न गर्न करिव ६ अर्ब रुपैयाँ आवश्यक पर्ने कोषका योजना प्रमुख सरोज भट्टराईले बताए। गुरुयोजना निर्माणको कामलाई पूरा गर्न अझै ४ वर्ष लाग्ने कोषको अनुमान छ ।

जापानी बास्तुकलाविद् केञ्जो टाँगेले तयार पारेको यो गुरुयोजना अन्तरगत १ हजार १ सय ५५ विघामा पवित्र उद्यान, मोनाष्ट्रिक जोन र न्यू लुम्बिनी भिलेजका रुपमा विकास गर्ने योजना छ । विश्वमा नेपाललाई चिनाउने गौतम बुद्धको जन्मस्थल विकासको नाममा संचालिन गुरुयोजनाको यो स्थितिले अन्तर्राष्ट्रिय क्षेत्रमै नेपालबारे राम्रो सन्देश प्रवाह गरिरहेको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);