लुम्बिनी गुरुयोजना सुरु भएको ४० बर्षमा पनि पूरा हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

लुम्बिनी गुरुयोजना सुरु भएको ४० बर्षमा पनि पूरा हुन सकेन

lumbini

विवेक विश्वकर्मा,
रुपन्देही, ९ बैशाख । लुम्बिनी गुरुयोजना सुरु भएको ४० बर्षमा पनि पूरा हुन सकेको छैन । राजनीतिक अस्थिरताको कारण गुरुयोजना ४० बर्षसम्म पनि पूरा हुन नसकेको हो ।

अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ । सरकारले अबको दुई बर्ष भित्र सो गुरुयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । १५ वर्षमा सक्ने गरी सन १९७८ बाट सुरु गरिएको लुम्बिनी गुरुयोजनाको काम अझै पूरा हुन सकेको छैन । जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेलाई सन् १९७२ मा गुरु योजना तयार गर्न जिम्मेवारी दिइएको थियो । प्रोफेसर टांगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना तयार पारी सरकारकालाई बुझाएपछि लुम्बिनी गुरुयोजनाका काम अगाडी बढेको हो ।

गुरुयोजना सुरु भएको ४० बर्षमा ८० प्रतिशत काम सकिएको छ । गुरूयोजनाका महत्वपूर्ण केही संरचनाको निर्माण कार्य अहिले भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । सरकारले अबको दुई बर्ष भित्र गुरुयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । तर कोषले भने तीन बर्षभित्र सबै काम सम्मन गर्ने दाबी गरेको छ । राजनीतिक हस्तक्षेपका कारण समयमै लुम्बिनी गुरुयोजना पूरा नभएको सरोकारवालाको भनाई छ । कोषमा राजनीतिक नियुक्ती र भागवण्डाका कारण कामले तिब्रता नलिएको संस्कृतिविदहरुको गुनासो छ ।

अहिले स्थानीय सरकारले पनि गुरुयोजना निर्माणका लागि पहल लिएको छ । छिटै आयोजना सम्पप गर्ने गरि काम गरिरहेको छ । लुम्बिनी विकास कोषको स्थापना भएको ३१ वर्ष भएको छ । कोषमार्फत तीन अर्ब ७३ करोड ५७ लाख खर्च भएको छ । जसमध्ये आधा रकम अन्तर्राष्ट्रिय दातृ निकाय र मित्र राष्ट्रहरूले लगानी गरेका छन् । गुरुयोजनाको प्रमुख आकर्षण दक्षिणी भागमा अवस्थित पवित्र उद्यान हो । सो क्षेत्रम अनुसन्धान केन्द्र तथा पुस्तकालय, सभागृह, संग्राहालय पर्यटक सूचना केन्द्र, पोखरी बनाइने छ ।

योजनाबद्ध विकास गरी बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको सहर बनाउने उद्देश्य छ । बुद्ध जन्मस्थल लुम्बिनीको विकास र प्रचार प्रसारका लागि आगामी वैशाख १५ र १६ गते अन्तराष्ट्रिय बौद्ध सम्मेलनको आयोजना हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);