पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत अछाममा निर्माण कार्यले तिव्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत अछाममा निर्माण कार्यले तिव्रता

bato

सुशील भण्डारी,
अछाम, ९ बैशाख । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत अछाममा निर्माण कार्यले तिव्रता लिएको छ । मंगलसेन–ठाँटीखाद सडकखण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । अबको दुई महिनाभित्र सो खण्डमा कालोपत्रे गरिसक्ने आयोजनाको दाबी छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत अछामको मंगलसेन–ठाँटीखादको ६० किलोमिटर सडकखण्डमा कालोपत्रे गर्न सुरु गरिएको हो । अहिले १६ किलोमिटमा कालोपत्रे गर्ने काम भइरहेको छ । कालोपत्रे सुरु भएसँगै यात्रा सहज हुनुका साथै आर्थिक आयआर्जनमा स्थानीयलाई टेवा पुग्ने भएको छ ।

मंगलसेन–ठाँटीखाद सडकखण्ड निर्माणको काम चन्द्रा एण्ड वसन्त कन्ट्रक्सनले गरिरहेको हो निर्माण कम्पनीले सो सडकखण्डमा दुई महिना भित्र कालोपत्रे गरिसक्ने दाबी गरेको छ । अछामको मंगलसेन–ठाँटीखाद सडकखण्डमा करिब २९ करोडको ठेक्कामाकालोपत्रे हुन लागेको हो ।

१ हजार ७ सय ७६ किलोमिटर रहेको लोकमार्गमा अन्य जिल्लामा पनि निर्माणको काम भइरहेको छ । सो राजमार्ग पूर्वको पाँचथर चियोभञ्ज्याङबाट सुरु भई पश्चिमको बैतडीको झुलाघाटसम्म जोडिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);