अछामको मंगलसेन–ठाँटीखाद सडकखण्ड निर्माणको काममा तिब्रता | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

अछामको मंगलसेन–ठाँटीखाद सडकखण्ड निर्माणको काममा तिब्रता

सुशिल भण्डारी 
अछाम ,६ फागुन । मध्यपहाडी लोकमार्गअन्तर्गत अछामको मंगलसेन–ठाँटीखाद सडकखण्ड निर्माणको कामले गति लिएको छ । २०७५ असार मसान्तभित्र सडकखण्ड कालोपत्रे गरिसक्ने गरी काम भइरहेको हो ।

आगामी तीन बर्षभित्र मध्यपहाडी लोकमार्ग निर्माण कार्य पूरा गर्न चार खण्डमा वर्गीकरण गरि काम अघि बढाइएको छ । जसमा कैलाश खोला सडकखण्डको काम लामा पि .एस जेभी, मंगलसेन–ठाँटीखाद सडकखण्डको काम शर्मा चन्द्रा एण्ड बसन्त दिवा जेभी, ठाँटीखाद–विनायक सडकखडकखण्ड लुम्बिनी अनक राजेन्द्र जेभी र विनायक बेलखेत सडकखण्डको काम गंगोत्री ओसिस ईन्जिनियर्स एण्ड बिल्डर्सले गरिरहेका छन् ।

शर्मा चन्द्रा एण्ड बसन्त दिवा जेभीले मंगलसेन–ठाँटीखाद सडकखण्डको काम सम्पन्न गर्न ३२ करोड ८७ लाख ५८ हजार ७ सय रुपैयाँमा ठेक्का लिएर काम गरिरहेको छ । निर्धारित समयभन्दा एक वर्षअघि नै काम सक्ने गरी मंगलसेन–ठाँटीखाद सडक खण्डको काम काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । अहिले नालीको काम सकेर बेस बिछ्याउने र एक ठाउँमा पुनः ग्राभेल हाल्ने काम भईरहेको चन्द्रा एण्ड बसन्त कन्स्ट्रक्सनका ल्याब टेक्निसियन मनोज महराले बताए ।

लोकमार्ग अन्तर्गत सडकखण्डको काम आजभोलि राति ८ बजेसम्म चलिरहेकाले समयमै निर्माण सम्पन्न हुनेमा स्थानीय विश्वस्त देखिन्छन् । विगतका ठेकेदारले काममा लापरबाही गरेकाले उनीहरुबाट खोसिएको सो सडकखण्ड निर्माणको काम चन्द्रा एण्ड बसन्त कन्ट्रक्सनले पाएको हो । कम्पनीले निर्धारित समय अघि नै काम सम्पन्न गर्न सके आफ्नो विश्वसनियता कायम गर्न सफल हुने स्थानीयले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);