म्याङलुङ जिरी सडक खण्डमा निर्माण कार्य सुस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

म्याङलुङ जिरी सडक खण्डमा निर्माण कार्य सुस्त

तेह्रथुम । जिल्ला समन्वय समिति तेह्रथुमले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत जिरी बगाले म्याङलुङ सडक खण्डको अनुगमन गरेको छ । समन्वय समिति तेह्रथुमका उपप्रमुख श्री कार्की र प्राविधिक टोलीले सडक अनुगमन गरेको हो । लोकमार्ग अन्तरगत म्याङलुङ वसन्तपुर २६ किलोमिटर तिन प्याकेज बनाएर सडकलाई कालोपत्रेको काम गरिएको थियो ।

पहिलो र दोस्रो खण्ड निर्माण सम्पन्न भइसक्दा पनि अमर मा जानकी जेबीले पाएको तेस्रो खण्डमा कालोपत्रेको काम ढिलाइ गरेपछि समितिले अनुगमन गरेको जनाएको छ । निर्माण व्यवसायीले सडक निर्माणमा भइरहेको ढिलाइ तथा निर्माण कार्यमा भएको गुणस्तरमा अनुगमनलाई ध्यान दिएको समितिका उपप्रमुख कार्कीले बताए ।

जिल्ला सदरमुकाम म्याङलुङ जोड्ने एक मात्र सडकमा निर्माण भइरहेको सडकमा कामको ढिलाइ हुँदा यहाँका स्थानीयलाई यात्रा गर्न समस्या भोग्दै आएका छन् । २०७८ साल जेठ सम्ममा कालोपत्रे गरी सक्ने  सम्झौता गरेको निर्माण व्यवसायीले १४ महिना बितिसक्दा पनि सम्पन्न गर्न सकेको छैन ।

नेपाल सरकार अर्थ मन्त्रालयबाट २ अर्ब ७ करोड रकम विनियोजन भएसँगै दुई लेनको सडक निर्माण कार्य भई रहेको छ । निर्माण व्यवसायीले कोरोना तथा कामदार अभावका कारण समय मै काम सम्पन्न गर्न नसकेको जनाएको छ । यो सडक खण्डमा निर्माण कार्यले गति लिन नसक्दा वर्षादसँगै कष्टकर यात्रा गर्न बाध्य बन्दै आएका छन् ।

जिल्ला समन्वय समिति तेह्रथुमले जिल्लाको मुख्य आयोजनाहरूका साथै स्थानीय प्रदेश र संघबाट सञ्चालन भएका योजनाहरूको अनुगमन सुरु गरेको छ । म्याङलुङ नगरपालिका,लालीगुराँस नगरपालिका, छथर गाउँपालिकामा सञ्चालन भएका योजनाहरू अनुगमन सुरु गरेको समितिले मेन्छ्यायेम र आठराई,फेदाप गाउँपालिकामा अनुगमन गर्ने तयारी गरेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);