हेम्जा सडक खण्डमा प्रदेश सांसदको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

हेम्जा सडक खण्डमा प्रदेश सांसदको अनुगमन

pokhara sadak anugaman

उमा आले

पोखरा, ४ चैत । राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग अन्तर्गत हेम्जा सडक खण्डमा निर्माण कार्य ढिलाई भएपछि स्थानीयको गुनासो बढ्न थालेको छ । ठूला खाल्डाखुल्डी र धुलो उड्ने सडकले आवतजावतमा सर्वसाधारणलाई कठिनाई भएपछि प्रदेश सांसदले सडक अनुगमन थालेका छन् ।

राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग हेमजा सडक खण्डमा निर्माण कम्पनीले अहिले बनाएको नालामा गुणस्तरीय काम नगरेको पाइएको छ । काम ढिलो भएको, क्युरिन नगरेको, सडकमा भएको धुलोले हिडडुल गर्न समस्याले स्थानीय सर्वसाधरण आजित भएका छन् । यसरी दिनदिनै स्थानीयले गुनासो गर्न थालेपछि गण्डकी प्रदेशले अनुगमनका लागि सांसद पठाएको छ ।

अनुगमनको क्रममा सडकमा नालानिर्माण गर्दा याम्दीमा रहेको ६५ घरका बासिन्दा निकास विहिन भएको भेटिएको छ । यसबाट स्कुल जाने विद्यार्थीदेखि सर्वसाधारण सबैलाई समस्या भएको भएको छ । प्रदेश सभा सदस्य रामजी बराल सडक अनुगमनमा जांदा स्थानीय वासिन्दाले सडकको अवस्थाप्रति आक्रोस पोखे ।

निर्माणाधिन मध्य पहाडी लोकमार्ग अन्तर्गत हेमजा सडक खण्डको स्थलगत अवलोकन प्रदेश सांसद रामजी बराल जीवनले गरेका छन् । जनताको गुनासो छिटो भन्दा छिटो समाधान गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको उनले जानकारी दिए ।

प्रदेश सभाले मध्य पहाडी लोकमार्ग जस्तै अन्य निर्माणाधिन सडकको अवस्थाबारेमा पनि स्थलगत अनुगमन गर्ने तयारी गरेको छ । विकासको गतिलाई तिव्रता दिन प्रदेश सभाले अनुगमनलाई प्रभावकारी बनाउँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);