वीरगन्जमा चेतनामुलक होली र्‍याली प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

वीरगन्जमा चेतनामुलक होली र्‍याली प्रदर्शन

holi ryali

वीरगन्ज, ४ चैत । सांस्कृतिक पर्वका रुपमा रङ तथा अबिरले मनाईने होली पर्वलाई मर्यादित , शान्तिप्रिय र सद्भावपूर्ण रुपमा मनाउन आग्रह गर्दै वीरगन्जमा चेतनामुलक र्‍याली प्रदर्शन गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमवार बीरगन्जका होटल पर्यटन व्यवसायी तथा समाजिक अगुवा, नागरिक समाजको सहभागितामा होली पूर्व चेतनामुलक र्‍याली निकालिएको हो । प्रेम, सद्भाव र एकताको पर्व होलीबाट समाजमा मौलिकता र संस्कृतिको संरक्षण गरि विकृतीलाई समाप्त गर्ने प्रयास अन्तर्गत र्‍याली निकालिएको हो ।

घण्टाघरबाट निस्केको चेतनामुलक र्‍याली बीरगन्ज महानगरको विभिन्न भाग परिक्रमा गरी मौलिक रुपमा होली मनाउन आग्रह गरिएको थियो ।

पछिल्ला केहि वर्ष यता आधुनिकताको नाममा मौलिकता र ऐतिहासिक पक्ष विस्तारै ओझेल पर्दै गएकोले सरोकारवाला चिन्तित भएका हुन् । होलीको क्रममा जबर्जस्ती रंग लगाउने, लोला हान्ने , अमर्यादित कार्य गर्नेलाई स्थानीय प्रशासनले कारबाही गर्ने समेत जानकारी गराएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);