राजा सहितको हिन्दू अधिराज्यकाे माग राख्दै मोटर साइकल र्याली | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८३, बिहीबार

राजा सहितको हिन्दू अधिराज्यकाे माग राख्दै मोटर साइकल र्याली

वीरगन्ज,२३ कार्तिक । राजावादी समुह वीर गोर्खाली एटीएफ नामक संस्थाले वीरगन्जमा आज दोस्रो दिन पनि मोटरसाईकल र्याली निकालेको छ । वीरगंज महानगरपालिकाको बसपार्कबाट विभिन्न नारा लगाउँदै मोटरसाईकल र्याली निकालिएको हो । राजावादी समुह वीर गोर्खाली एटीएफ नामक संस्थाले राजा सहितको हिन्दू अधिराज्य, अखण्ड नेपाल, सहितको माग राख्दै मोटर साइकल र्याली राष्ट्रिय झण्डाको साथ भब्य रुपमा निकालेका छन् ।

राजा आउ देश बचाउ, लोकतन्त्र गणतन्त्र मुर्दाबाद, देश लुट्न पाइदैन, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो लगायतका नाराहरु लगाउँदै र्याली निकालिएको थियो ।
वीर गोर्खालीका केन्द्रिय सदस्य एवम् सल्लाहकार बिरेन्द्र थापाको नेतृत्वमा वीरगंजको बसपार्कबाट सुरु भएको र्याली पवरहाउस चौक, घण्टाघर, माइस्थान चौक, आदर्शनगर चौक, छपकैया पोखरी हुँदै पुन घण्टाघरमा आएर कोणसभामा आज पनि परिणत गरिएको छ ।

कार्यक्रमको केन्द्रिय सदस्य तथा सल्लाहकार बिरेन्द्र थापा एवम् प्रमुख अतिथि अधिवक्ता देवेन्द्र लाल नेपाली लगायतले आ–आफ्नो मन्तब्य ब्यक्त गर्नुभएकाे थियाे। देशमा लोकतन्त्र गणतन्त्र आएको हो कि लुटतन्त्र, जनताले चाहे अनुसारको सत्ता शासन नभएको कारणले दु:ख पीडा भोग्नु परेको र नेताका आसेपासेको चल्ती रहेको, जनताले न्याय नपाउने, न्यायको लागि पनि संघर्ष गर्नुपर्ने, यस्तो सरकार चाहिँदैन, लोकतन्त्र गणतन्त्र चाहिएन, राजा आउ देश बचाउ भन्ने भनाइ बक्ताहरुको रहेको थियो ।

कार्यक्रममा रहेका वीर गोर्खालीका केन्द्रिय संयोजक संतोष राजावादी, अभियान्ता संजोग श्रेष्ठ, पर्सा संयोजक बिजय श्रेष्ठ, हिरा बहादुर चन्द, समाज सेवी पशुपति बिक्रम शाह, अनु राणा लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply