बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग गर्दै अमेरिकामा विशाल र्याली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग गर्दै अमेरिकामा विशाल र्याली

america ma really

काठमाडौं, ११ चैत । बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न माग गर्दै अमेरिकाका शहरहरूमा र्याली निकालिएको छ ।
बन्दुक राख्न पाउने अधिकारको विरोधमा वाशिङटनमा हालसम्मकै सबैभन्दा ठूलो र्याली निकालिएको छ । अघिल्लो महिना फ्लोरिडास्थित एउटा विद्यालयमा भएको गोलीकाण्डमा बाँचेका विद्यार्थीहरुको नेतृत्वमा र्याली निकालिएको हो । विद्यार्थीहरुले हाम्रो जीवनका लागि भनेर निकालेको र्यालीमा हजारौं मानिसले भाग लिएका छन् ।

माइली साइरस, आरियाना ग्राण्डे, पल मकार्टनी, डेमी लोभाटो, जेनिफर हडसन जस्ता चर्चित व्यक्तिले पनि र्यालीमा सहभागीता जनाएका छन् । र्यालीका सहभागीले बन्दुकलाई नभइ विद्यार्थीहरूलाई संरक्षण गर भन्ने माग गरिएका प्लेकार्ड बोकेका थिए । अघिल्लो महिना लोरिडास्थित एउटा विद्यालयमा भएको गोलीकाण्डमा १७ जनाको ज्यान गएको थियो ।

विद्यार्थीहरूले बन्दुकको विरोधमा ह्वाइट हाउस र अमेरिकी संसद्को ध्यानाकर्षण गराउन भन्दै र्याली निकालेका हुन् । विद्यार्थीले र्यालीका क्रममा बन्दुक राख्न पाउने कानूनी व्यवस्था कडा बनाउन माग गरेका छन् । यद्यपि,र्याली निकालिएको समयमा राष्ट्रपति डोनल्ड ट्रम्प भने वाशिङटनको साटो फ्लोरिडामा थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);