सी जिन पिङ र मोदीको भेटवार्ताबाट सीमा विवाद समाधान हुने अपेक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सी जिन पिङ र मोदीको भेटवार्ताबाट सीमा विवाद समाधान हुने अपेक्षा

modi-xinping

एजेन्सी , ११ चैत । एसीयाका दुई शक्तिशाली राष्ट्र चीन र भारतबीचको सीमा विवाद लामो समयदेखि टाउको दुखाइको विषय बन्दै आएको छ । दुई मुलकको विवादले यस क्षेत्रका अन्य देशहरुलाई पनि प्रभाव पार्ने विश्लेषकहरुको भनाइ छ । तथापी आगमी जुन ९ र १० मा हुने भनिएको चिनिया राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ताबाट सीमा विवादको बारेमा समाधान खोजिने अपेक्षा गरिएको छ ।

बेइजिङस्थित भारतीय दूतावासले आगामी जुन ९ र १० तारिखमा चिनिया राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने जनाएको छ । भेटका क्रममा दुई देशबीच रहँदै आएको सीमा विवाद लागात संवेदनशील विषयमा छलफल हुने जनाइएको छ । यसैबीच भेटवार्ताले दुई देशबीच सीमामा देखिएको तनाव घट्ने विश्लेषण सुरु भएको छ ।

चीनका लागि भारतीय राजदूत गौतम बवाबलले सन् २०१८ जुन ९ र १० तारिखमा संघाइ को–अपरेशन अर्गनाइजेशन सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने र त्यहीबेला चीनका राष्ट्रपति सी जिन पिङसँग द्धिपक्षीय वार्ता हुने पुष्टि गरेका हुन् । राजदूत बवाबलले दुबै देशको सीमामा यथास्थितिमा परिवर्तन गरिए डोकलाममा झैं तनाव पैदा हुनसक्नेसमेत बताएका छन् ।

दुबैदेश बीचको सीमा निर्धारणमा ढिलाई गर्न नहुने भन्दै सम्बेदनशीलताको दृष्टिले सीमामा यथास्थितिमा कुनै परिवर्तन गर्ननहुने राजदूत बवावलको भनाइ छ । सीमामा डोकलाम जस्तो अवस्था उत्पन्न हुन नदिन आपसी कुराकानीमा उच्च स्तरबाट पनि पहलको खाँचो औंल्याइएको छ । जनाकारहरुले पनि दुई शक्तिशाली राष्ट्रको विवादले दुई देशलाई मात्र नभइ क्षेत्रीय स्तरमा नै प्रभाव पार्ने हुँदा सीमा विवाद लगायतका विषय छिटो टुंग्याउन सुझाव दिएका छन् ।

चीन–पाकिस्तान इकोनोमिक करिडोरलाई लिएर भारतले विरोध गर्दै आएको छ । तर, बेल्ट एण्ड रोड इनिसियटिभ मा चीनसँगको बिवाद उजागार हुन नदिने भारतीय पक्षको दाबी छ । उता चीनका राष्ट्रपति सी जिन पीङले आफ्नो एक इञ्ज जग्गा पनि नछाड्ने प्रतिवद्धता ब्यक्त गरेयता चिनियाँ जनताले आफ्ना राष्ट्रपतिको पक्षमा वकालत गर्दै आएका छन ।

आफ्नो मूल्य मान्यता र चीनको भू–भागका निम्ति संसारको कुनै शक्ति सामु नझुक्ने चिनियाँ राष्ट्रपतिको अडान पछि चीनसँग सीमा जोडिएको भारतले पनि सीमामा बिवाद र तनाव हुन नदिन सतर्क रही सोही अनुकुलको ब्यवहार देखाउन आवश्यक रहेको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);