झापाको हात्ती आतंक र सुकुम्वासी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

झापाको हात्ती आतंक र सुकुम्वासी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुम्वासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उहाँले बाली भित्र्याउने समयमा हात्तीले निम्त्याएको क्षति नियन्त्रण गर्न र जग्गा निस्सा पाइसकेका नागरिकलाई लालपुर्जा प्रदान गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभएको हो । सांसद राना मगरले दशैं नजिकिँदै गर्दा झापाका किसान बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा रहेको बताउनु भयो । उहाँले हात्ती आतंकका अतिरिक्त जग्गा सम्बन्धी समस्या पनि उत्तिकै जटिल रहेको उल्लेख गर्नुभयो ।

जग्गाको निस्सा पाइसकेका सुकुम्वासीहरूलाई पुनः नापीको नाममा दुःख दिने काम भइरहेको भन्दै उहाँले यस्तो कार्यप्रति असन्तुष्टि जनाउनु भयो । केही स्थानीय तहबाट ‘माथिबाट आदेश आएको’ भन्दै भ्रम फैलाउने काम भएको जनगुनासो सुनिएको बताउँदै उनले यस विषयमा सम्बन्धित मन्त्रालयले स्पष्ट धारणा राख्नुपर्नेमा जोड दिनुभयो । ‘हात्ती आयो हात्ती आयो फुस्स’ भनेजस्तै हात्ती नियन्त्रणको सरकारी प्रयास प्रभावहीन बनेको टिप्पणी गर्नुभयो । उहाँले हात्तीबाट पीडित किसानलाई राहत र लालपुर्जाको पर्खाइमा रहेका नागरिकलाई तत्काल स्वामित्वको प्रमाणपत्र उपलब्ध गराउन सरकारले अविलम्ब कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो ।

Leave a Reply