चीनले यसकारण भारतमाथी हमला गर्न सक्दैन ! | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

काठमाडौँ, ३ भदौ । पछिल्ला केही दिन यता भारत र चीनबीचके तनाव बढ्दो छ । कतिपयले यसका कारण युद्धको अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । भारत र चीनबीच डोक्लाम सीमामा जारी विवादका विषयमा एशियाका थुप्रै देशको सञ्चारमाध्यममा यो विषयमा चर्चामा रहेको छ । जापानको सञ्चार माध्यमले पनि चीन र जापानको विवादको यो विषयलाई समेटेको छ।

जापानको निक्केई ‘एसियन रिभ्यूले’ भारत–चीन तनावमाथि एक रिपोर्ट प्रकाशित गरेको छ । निक्केईले दुबै देशमा सैन्य शक्तिकाबीच अन्धराषट्रवाद विकसित भएको देखिन्छ । यो तनावको असर चिनियाँ राष्ट्रपति सी जिन पिङ को पुन सत्तामा रहने कोशिसमाथि प्रभाव पर्ने छ।

 

जब विश्वशक्तिहरु एक आपसमा भीडे 

पछिल्लो आइतवार चीनले भित्री मंगोलियाको स्वायत्त इलाकामा जनमुक्ति सेनाको ९० वर्ष पूरा हुँदा विशाल सैन्य परेडको आयोजना गरेको थियो । उक्त परेडमा चीनले आधुनिक सैन्यशक्तिको प्रदर्शन गरेको थियो।

 

जनमुक्ति सेनाको वास्तविक ९० औं वर्षगाँठ मंगलवार थियो । निक्केईका अनुसार, एक चिनियाँ पोष्टरमा लेखिएको थियो, ‘बेइजिङमाथि यत्तिकै पनि कब्जा हुँदैछ । हामीसँग भारतीय बन्नुको कुनै विकल्प छैन।’ निक्केइका अनुसार, एक इन्टरनेट प्रयोगकर्ताले लेखे, ‘हामीले निकै गर्वसहित आफ्ना शक्तिशाली हतियारको प्रदर्शन ग-याैं तर पनि हामी भारतीय सेनालाई हटाउन सक्दैनौं ?’

 

भारत–चीन तनावको विषयमा जापान टाइम्सले पनि रिपोर्ट छापेको छ । जापान टाइम्सका अनुसार, भूटान संसारको सबैभन्दा सानो देशमध्येको एक हो र चीन उसको सीमा अतिक्रमण गरिरहेको छ । चीनले उक्त इलाकामा सामरिक रुपमा महत्वपूर्ण सडक बनाइरहेको छ भन्दै जापान टाइम्सले लेखेको छ। जापान टाइम्स भन्छ, ‘भारत र भुटानबीच सुरक्षाको विषयमा सम्झौता छ र यसै सम्झौता अनुसार दुबै देशका सैनिक आमने–सामने छन्।

 

यो मामलामा चिनियाँ सरकारी मिडियाले भारतलाई युद्धको धम्की दिइरहेको छ । चीनले जसरी आफ्नो विस्तार गरिरहेको छ त्यसरी नै भुटानजस्तो सानो देशका लागि पनि आफ्नो कुरा भन्न सजिलो छैन । निक्केईले लेखेको छः दुई देशबीच गतिरोधको सुरुवात मध्य- जूनमा भयो । भारतका अनुसार, जनमुक्ति सेना डोक्लाममा एक सडक निर्माण गरिरहेको थियो । भुटान र चीन दुबैले यो इलाकालाई विवादित मान्दछन् । चीनले यो सीमामार्फत भारतलाई थप घेर्न चाहन्छ। सम्भवतः यो सडक निर्माणको उद्देश्य चिनियाँ सैन्य चौकी स्थापित गर्नु हो र भारत यसलाई आफ्ना लागि खतराको रुपमा हेरिरहेको छ।

 

निक्केई मा लेखिएको छः भारतीय सेनाले जून महिनामा नै डोक्लाम सीमा पार गरेर सडक निर्माणमा बाधा पु-याको बताइएको छ । त्यसपछि नै दुई देशका सेना आमने–सामने छन् । चीनका अनुसार भारतले अवैध रुपमा चीनियाँ सीमा पार गरेको छ । भारतले आफ्नो सैनिकलाई डोकलामबाट फिर्ता बोलाउनुपर्ने चीनको माग छ । यता, भारतीय सेना डोक्लाम सीमाबाट फिर्ता हुन मानिरहेको छैन । चीनको दाबी अनुसार कुनै पनि देशले यस्तो गरेको छैन जस्तो डोक्लाममा भारतले गरिरहेको छ । अहिले चीनले बारम्बार धम्की दिँदै आएको छ र स्थिति सैन्य प्रतिक्रियाभन्दा बाहिरको छ।’

२० वर्षको राष्ट्रवाद

निक्केईमा लेखिएको छः यसपटक भारतसँगको तनावमा चीन आक्रामक छैन । चीनका इन्टरनेट प्रयोगकर्ताले जुन पोष्ट लेखिरहेको छन् त्यसबाट यो स्पष्ट हुन्छ कि उनीहरुको देश यसपटक आक्रामक हुने छैन । पछिल्लो एक महिनादेखि अन्धराष्ट्रवादी चिनियाँ इन्टरनेट प्रयोगकर्तालाई लागिरहेको छ कि उनीहरुको देश भारतसँग डराएको छ । पछिल्लो २० वर्षको चीनको नीतिलाई हेर्ने हो भने यो राष्ट्रवादको वरिपरि रहेको छ।

 

निक्केईले सन् १९९६ को एक आलेख संकलनको उदाहरण दिएको छ । यो संकलनमा एक लेखको शीर्षक थियो – चीन राष्ट्रियताको ‘बेस्ट सेलर’ बन्न अस्वीकार गर्नसक्छ । चिनियाँ नेतृत्वले समाजवादको प्रयोग गरेर देशभक्तिको भावनाको पूर्ण प्रयोग गरेको छ। बीबीसीबाट

ताजा समाचार